सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

आदर्श मा.वि. आरुखर्ककाे विधालयमा ताला लगाई भ्रमणमा, सर्वसाधारण आक्रोशित

 

[bs-quote quote=”दैनिक पठन लाई नै ठ्याप पारी बिधालयमा आफु खुसी विदा घोषणा गरि अर्थात विधालयमा ताला लगाई ४-५ दिनको भ्रमणको निम्ति अर्थात घुमफिरमा निस्किन लागेको यो बिषयले स्थानीयहरु आक्रोशित” style=”default” align=”left” color=”#c95b1c” author_name=”आदर्श मा.वि. आरुखर्क” author_avatar=”https://www.setoshikhar.com/wp-content/uploads/2018/12/48997538_2275738406084925_5846298217615982592_n.jpg”][/bs-quote]

स्याङ्ग्जा  फेदीखोला
स्याङ्ग्जा  जिल्लाको फेदीखोला गाउँ पालिका अन्तर्गत आदर्श मा.वि. आरुखर्कका शिक्षक-शिक्षिकाहरु ,जनप्रतिनिधिहरु ,लगायत ब्यबस्थापन समितिका सदस्यहरु चार पांच दिन लामो भ्रमणमा निस्केका छन् । यहि भ्रमणको बिषयलाई लिएर स्थानिय बासी लगाएत अभिभावकहरु आक्रोशित बन्दै गाउँपालिका प्रमुखको ध्यानाकर्षण सहितको बिज्ञप्ति समेत प्रकाशित गरेका छन ।दैनिक पठन लाई नै ठ्याप पारी बिधालयमा आफु खुसी बिधा घोषणा गरि अर्थात विधालयमा ताला लगाई ४-५ दिनको भ्रमणको निम्ति अर्थात घुमफिरमा निस्किन लागेको यो बिषयले स्थानीयहरु आक्रोशित का साथै अन्योलमा छन्। स्थानियबासीले फेदीखोला गाउँ पालिका प्रमुख घन श्याम ज्यु ,शिक्षा बिभागका प्रमुख भगवान ढकाल लगायत गाउँ पालिकाको सम्पूर्ण टिमलाई नौं बुंदे जनगुनासो पेस गर्दै उचित जवाफको अपेक्षा गरेका छन्।

नौं बुदे जनगुनासो यस प्रकारका छन् ।

१.यो बिषयमा तपाईंलाई जानकारी छ वा छैन्?
२.नभएको भय हुनुपर्ने हो वा होइन कि यो तपाईंहरूको मातहतमा पर्दैन?
३.सरकारी बिधालय मा यस्ता गतिविधिहरु हाम्रो गाउँ पालिकाको शिक्षा निति नियमले दिन्छ वा दिदैन्?
४.४/५ दिनको लामो अनि यति ठुलो जमानाको हुन लागेको भ्रमणको खर्च काहाँ बाट र कसरी जुटेको छ??
५.स्कुल संचालक समेतिले स्थानीय तहबाट स्वकृति लिनुपर्ने हो वा होइनन् ??
६.उल्लेखित कुरामा गाउँ पालिका पनि जवाफ देहि हुनुपर्छ वा पर्दैन ?
७.वा स्थानीय आक्रोशित अभिभावकहरु नै गल्ल हुन्?
८.यो बिषयमा सोधपुछ चेकजाँच वा छानबिन केही हुन्छ वा हुदैन ?
९.केही नहुने भय स्थानीयहरुले यो गुनासो गण्डकी टेलिभिजन वा सिधा कुरा जनता सम्म पुर्याउन पाउने वा नपाउने ??

स्रोत :हाम्रो गाउँ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय