सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियाको छेजुमा बिस्तार भयो: किराँत याक्चुङ चुम्लुङ्ग द.कोरियाको शाखा

सौल ,छेजु

गत आइतबार अर्थात डिसेम्बर २३का दिनमा कोरियाको सुन्दर टापु छेजुदोमाअर्जुन तुम्वापोको अध्यक्षतामा किराँत याक्चुङ चुम्लुङ्ग दक्षिण कोरियाको शाखा गठन गरिएको छ ।
याक्चुङ्ग लिम्बू जातीहरुको महान पर्व चासोक तङ्नाम येले तङ्बे ५०७८ सालको ऐतिहासिक पावन अवसर पारेर छेजुदो टापुमा अबस्थित याक्चुङ लिम्बुहरुको भेटघाट तथा चियापान कार्यक्रम गर्नुका साथै केन्द्रिय समिती सौल र क्षेत्रीय समिती बुसान संगको समन्वयमा छेजुमा क्षेत्रीय कार्यसमिती गठन गरिएको थियो ।
“हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं ” भन्ने मुख्य  नाराका साथ गठन गरिएको यस संगठन ले लिम्बू जातिको हक हित पहिचान लगायत हाम्रो संस्कृतिको जगेर्ना गर्दै सबैलाई एकताको शुत्रमा बांधेर अगाडि बढ्ने निर्णय गरेको छ । छेजुको मानव संसाधन बिकास केन्द्रमा भएको उक्त कार्यक्रममा कार्यक्रमको सभापतित्व भने यसै बिकास केन्द्रका शुभद्रा पालुङ्वा लिम्बुले गरेका थिए ।
११सदस्यीय कार्यसमितीमा तपसिलका ब्यक्तिहरु रहेका छन ।
अध्यक्ष : अर्जुन तुम्वापो
उपाध्यक्ष :लक्षु सुब्बा
उपाध्यक्ष :मेघ लिम्बू
सचिव :सुमन हाङ्स्रोङ्ग
सह सचीव : सुशील कन्दवा
कोषाध्यक्ष :बसन्ती लावती

सदस्यहरु

भक्त जिमि
राजन खापुङ
सबिन थोप्रा
सन्जय लिम्बू
पुनम लिम्बू

सल्लाहकारहरु

सुभद्रा पालुङ्वा लिम्बू
जीवन कन्दवा
गगन लावती
सुयोग चेम्जोङ
सुमन हेम्या

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय