सौल। दक्षिण कोरिया
कोरियामा नेपालीहरूको पहिलो रेमिट स्टार रेमिटले आफ्नो कारोबार शुरू गरेको छ। दक्षिण कोरियामा नै रहेका नेपालीहरूको लगानीमा सन्चालित स्टार रेमिटले अंग्रेजी नयाँ बर्षको अवसर पारेर आफ्नो कारोबार शुरू गरेको हो।
जनवरी १ तारिख देखि प्रि लन्चको रूपमा कारोबार शुरू हुने स्टार रेमिटका अध्यक्ष रुद्र शर्माले बताएका छन्। दक्षिण कोरियामा लामो समय देखि परोपकारी तथा सामाजिक अभियान्ता समेत रहेका शर्माको नेतृत्वमा सन्चालित उक्त रेमिटले अन्य १७ वटा मुलुकमा रेमिट कारोबार गर्ने भएको छ ।
कोरियामा रहेका श्रमिक नेपालीहरुको आफ्नै लगानी पनि भएकोहुनाले नेपालीहरूलाई नै उच्च प्राथमिकतामा राखेको बताए। उनले आफु यहाँ रहेका नेपालीहरूको सुखदुखको साक्षी रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए। यसअघि सन्चालनमा आएका रेमिटहरू कोरियनहरूको मात्र लगानी रहेको भन्दै नेपालीहरूको पनि आफ्नै रेमिटको परिकल्पना हुँदै आएको सन्दर्भमा शर्माको नेतृत्वमा स्टार रेमिट सन्चालनमा आएको हो।
नेपालीहरूको शहर भनिने दोंदेमुन ३ नं गेट संगै रहेको कार्यालयबाट रेमिट कारोवार शुरू गरेको उक्त रेमिटको नेपालको जुनसुकै बैंक र बित्तिय संस्थामा रकम जम्मा गर्न सकिनेछ भने देशभरका १५ हजार भन्दा धेरै ईशारा रेमिट,सेवा रेमिट र कुमारी बैंकको देशभरको शाखाबाट नगद प्राप्त गर्न सकिने बताईएको छ।
त्यस्तै १ करोड वन सम्मको कर्जा, आकर्षक उपहार सहित ३० हजार कोरियन वन मौजाद रहेको निशुल्क सिम कार्डको सेवा दिईएको पनि कम्पनीले जनाएको छ। आफ्नो मोबाईलबाट घरमा नै बसेर यो सेवा लिन सकिने हुंदा समयको बचत हुने पनि कम्पनीले बताएको छ।
यसरी लिन सकिन्छ मोबाईलबाट नै सेवा :