सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

गायिका पुर्णिमा लामाको सुमधुर गीत “सधै तिमि जित्ने मान्छे” सार्बजनिक

पछिल्लो समय मा अन्जु पन्त को जस्तै आवाज भएको मिडिया मा भाइरल हुन सफल गायिका पुर्णिामा लामा को आवाज अर्जुन हमालको शब्द र चन्द्र लामा अनुराग को सङ्गीत मा निकै नै कर्ण प्रिय गित भर्खरै अनुराग क्रीयसन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ।

गल्ती धेरै भए होलान को अपार सफलता पछि अर्जुन हमाल को यो दोश्रो साङ्गितिक कोसेली ले निक्कै नै बजार तताउने सङ्गितकार चन्द्र लामा अनुराग को भनाई रहेको छ। यस गित लाई बिक्रम कार्की ले सङ्गीत सम्योजन गर्नु भएको हो भने भेनस रेकर्डिङ स्टुडियोमा रेकर्डिङ मिक्सिङ र लिप्सिङ भिडियो को छायांकन भएको थियो।

नियोन क्रीयसन स्टुडियोज का नियोन लामाले क्यामारा र इडिटिङ निक्कै नै सुन्दर तरिकाले गरेको भिडियोमा देख्न सकिन्छ यो गित दर्सक स्रोता सम्म पुर्याउन विशेष सहयोग गायिका तथा सङ्गितकार तायाहाङ्मा राई को महत्त्वपूर्ण भुमिका रहेको छ। कोरियामा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका गीतकार संगीतकार समाजसेवि तथा विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरियाका अध्यक्ष चन्द्र लामा अनुरागको यो सङ्गीत ले नेपाली गित सङ्गीत मा निक्कै नै फड्को मार्ने देखिन्छ।

गीत तलको लिंकमा हेर्न सक्नुहुनेछ

https://www.youtube.com/watch?v=va6pLAx5PPI&feature=share&fbclid=IwAR0naFBhQNKZKCCLsCjkQfLI1X8mOrlODxl4O2FekevuOIWDikGLeGPnfSs

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय