कोरियाको बसाई निकै नै लामो भयो,शुरुमा नेपालबाट आउँदा लाग्थ्यो दुई चार बर्ष बसेपछी दुई चार लाख जोगाईन्छ र नेपालमै फर्केर केहि गरिन्छ। अहिले आएर त्यो सब कथा लाग्छ,सायद पैसा नै त्यस्तो चिज बनेर आयो या यहाँको वातावरण त्यो मैले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । समय बित्दै जादा एउटा अर्को हुटहुटी मनमा चल्यो कि कोरियाको बसाई अबधिमा आफ्नो परिवारलाई पनि कोरिया भ्रमण गराउ कि भन्ने ।
यहि हुटहुटिलाई लिएर बिदाको एक दिनलाई सदुपयोग गर्दै कोरिएन भाषा सिक्न भाषा केन्द्र धाउन थाले। भाषा केन्द्रमा धाउदै गर्दा कोरियाको बसाईलाई लम्ब्याउने विभिन्न माध्यमहरुको जानकारी प्राप्त हुन थाल्यो । यिनै जानकारीहरुलाई पछ्याउँदै गर्दा कोरियामा बनाउनु पर्ने सरकारी कागजपत्रहरुको बोज आफ्नो ठाउँमा थियो नै । जति भाषा पढेपनी त्यति धेरै स्पष्ट भने नहुने रहेछ यद्यपि अध्ययन नगरेको भन्दा अध्ययन गरेकोले केहि बढी बुझ्ने भने बनाएको महशुस हुन्थ्यो । तरपनि बोल्ने मामिलामा अझै सहज लाग्दैनथ्यो ।
उनिहरुले दिन मिल्ने सेवा समेत गर्न नमिल्ने भन्दै अल्मलाउनु यिनिहरुको बानी भएको छ । सजिलैसँग गर्न मिल्ने काम पनि विभिन्न बहानामा पन्छाउदै लम्ब्याउने प्रवृत्ति नेपालका अधिकांश कर्मचारीहरुमा रहेको छ । कर्मचारीहरु पनि सेवाग्राहिको काम छिटोछरितो गर्न भन्दा अल्झाउन हो वा सेवाग्राहिलाई दुख दिनको लागि हो सजिलैसँग सङ्ग हुने कामलाई यताउता भनेर घुमाईरहने प्रवृत्ति बढी नै छ । कर्मचारीलाई पनि घरपायक पर्ने गरी जागीरे हुन मन पराउछन र भएको पनि यस्तै छ । यस्तो हुदा सामान्य विवाद, ब्यक्तिगत रीस ,राजनीतिक द्वेष ,आफुसङ्गको निकटता हेरेर स्थानीय स्तरमा गरिदिनुपर्ने सरकारी कागजातहरु नै विभिन्न बहाना बनाएर नगरीदिने,पन्छिने वा गर्न नमिल्ने सम्म भन्न पछि पर्दैनन ।
[bs-quote quote=” कर्मचारीको सोच , कार्यशैली तथा व्यवहार कहिले परिवर्तन गर्ने ?सेवाग्राहिको कामलाई स्वच्छ निष्पक्ष र पारदर्शी बनाई सेवा प्रवाहमा सरल, सहज र प्रभावकारी कहिले बनाउने ? आफ्ना सेवाग्राहीको काम ढिलासुस्ती,लापरबाही हुन कहिलेसम्म दिने ? ” style=”style-13″ align=”left” color=”#206d22″ author_name=”मिन बि क ” author_job=”हाल द काेरिया ” author_avatar=”https://www.setoshikhar.com/wp-content/uploads/2018/12/min-1.jpg”][/bs-quote]