
सौल दक्षिण कोरिया
सप्त ऋषि म्युजिक प्रा लिको प्रस्तुतिमा एउटा फरक किसिमको लोक दोहोरी गित”रुवाउनु_रुवायो” को म्युजिक भिडीयो सहित यही पौष १२ गते अर्थात डिसेम्बर २७ बिहिबार सार्बजनिक हुदै छ । चर्चित गायक तथा संगीतकार ऋषि खड्काको लय तथा संगीतमा बजारमा आउन लागेको यो गीतको शब्द सृजना भने रमेश परियारले गरेका हुन ।
चर्चित तथा निकै नै सुमधुर स्वरका धनी बिष्णु पाण्डे र बिष्णु माझिको आवाजमा सझिएको अतिनै मार्मिक यो गितमा अहिलेका चर्चित मोडल आसिर प्रताप जङ्ग र सारिका केसिको उत्कृष्ट अभिनय रहेको छ । श्रोताहरुको लागि बिल्कुलै फरक किसिमको गीत पस्किन लागेकोले दर्शक तथा श्रोताहरुले मन पराउने अपेक्षा राखेको यसै गीतका गायक बिष्णु पाण्डेले सेतो शिखर लाइ बताए ।
