सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

१० वर्षमा ३९ लाख नेपाली रोजगारीका लागि विदेशिए : वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड

काठमाडौं – पछिल्लो १० वर्षमा झण्डै ३९ लाख नेपाली काम खोज्दै विदेशिएका छन् । आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्ममा ३८ लाख ९८ हजार ४ सय ७९ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार प्रबर्द्धन  बोर्डले जनाएको छ ।यसमा ३७ लाख ६ सय ७२ जना पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिला छन् । यो १० वर्षमध्ये आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा सबैभन्दा धेरै ५ लाख २७ हजार ८ सय ४१ जना विदेशिएको बोर्डको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०६५/०६६ मा २ लाख १९ हजार ९ सय ६५ जना, २०६६/०६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/०६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना, २०६८/०६९ मा ३ लाख ८४ हजार ६ सय ६५, २०६९/०७० मा ४ लाख ५३ हजार ५ सय ४३, २०७०/०७१ र २०७१/०७२ मा समान ५ लाख २७ हजार ८ सय १४ जना विदेशिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ४ लाख १८ हजार ७ सय ३१ जना, २०७३/०७४ मा ३ लाख ६३ हजार ७३ र २०७३/०७४ मा ३ लाख १२ हजार ७ सय ४९ जना विदेशिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । साभार: उज्यालो

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय