
काठमाडौं– शेयरबजारले आज पनि दोहोरो अंकको वृद्धि पच्छ्याएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १५.१७ अंकले बढेर ११ सय ८२.८२ अंक कायम भएको नेपाल स्टक एक्सचेन्जले जनानएको छ। आईतबार १८.८९अंकले बढेको थियो।
आज १५९ कम्पनीका १२ लाख ६० हजार ५१८ कित्ता शेयरहरु ४२ करोड ३ लाख ५३ हजार ५१५ रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सेन्सेटिभ इन्डेक्स २.९७ अंकले बढेको छ। आइतबार ४७ करोडको शेयर कारोबार भएको थियो।
सोमबारको समूहगत परिसूचकमा व्यापारबाहेक सबै समूह हरियो छन्। निर्जीवन बिमा समूह सबैभन्दा धेरै २२०.५ अंकले बढेको छ। जीवन बिमा समूह१९५.९ अंकले बढेको छ। लघुवित्त समूह ४० अंकले बढ्दा बैंकिङ समूह ९.१५ अंकले बढेको छ। व्यापार समूह ३ अंकले घटेको छ।
आजको कारोबारमा सबैभन्दा धेरै छिमेक लघुवित्तको ४ करोड ८३ लाख १३ हजार ४५० रुपैयाँको शेयर किनबेच भएको छ भने नेपाल बैंकको ४ करोड ४३ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
