
एजेन्सी- वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ ? यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ । यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण गर्यौं । लगभग ९०० व्यापारिक व्यवसायीहरू माझ गरिएको उक्त सर्वेक्षणलाई आधार बनाएर हामीले काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्यौं । २५ देखि ६३ वर्ष उमेरका ती व्यवसायीहरू विभिन्न व्यवसायमा संलग्न थिए । उक्त अध्ययनले जीवनका यी दुई महत्त्वपूर्ण पक्षहरू मित्र र शत्रु दुवै रहेको देखिएको छ ।
वयस्कहरूको कामले तिनका छोराछोरीहरूको मनोविज्ञानमा कस्तो असर गर्छ ? यो प्रश्न धेरै पहिलेदेखि उठ्ने गरेको छ । यही प्रश्नमा केन्द्रित रहेर दुई दशकअघि ड्रेक्सेल विश्वविद्यालयका जेफ ग्रिनहो र म मिलेर एक सर्वेक्षण गर्यौं । लगभग ९०० व्यापारिक व्यवसायीहरू माझ गरिएको उक्त सर्वेक्षणलाई आधार बनाएर हामीले काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्यौं । २५ देखि ६३ वर्ष उमेरका ती व्यवसायीहरू विभिन्न व्यवसायमा संलग्न थिए । उक्त अध्ययनले जीवनका यी दुई महत्त्वपूर्ण पक्षहरू मित्र र शत्रु दुवै रहेको देखिएको छ ।
आमाबाबु दुवै रोजगार हुँदाको असर
हामीले बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य तब उच्च भएको पायौं जब बाबु र आमा दुवैले परिवारलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने विश्वास गरेका थिए । यसमा तिनले काममा बिताएको समयको असर थिएन ।

अभिभावकले आफ्नो कामलाई चुनौतीपूर्ण, सिर्जनात्मक र आनन्दात्मक रूपमा लिँदा त्यसले बालबालिकाको मनोविज्ञानमा राम्रो गरेको पाइयो । यसमा पनि तिनले काममा दिने समयले केही फरक पारेको देखिएन ।
त्यस्तै हामीले बालबालिकाहरू तब बढी खुसी भएको देख्यौँ जब तिनका अभिभावक भौतिक रूपमा आफ्ना छोराछोरीसँगै हुन सक्थे ।
हामीले यो अध्ययन सञ्चालन गरेदेखि आमा र बाबुका परम्परागत भूमिका निश्चित रूपले बदलाव आएको छ । तर पनि अझै महिलाले बालबालिकाको हेरचाह गर्ने र हुर्काउने जिम्मेवारीको ठूलो मनोवैज्ञानिक भार बोकिरहेकी छन् ।
हाम्रो अध्ययनले आमाले घरको अतिरिक्त काममा समय खर्चनुभन्दा आफ्नो स्याहारसुसारमा समय दिँदा तिनका बालबालिकाको हेरचाह गर्ने क्षमता बढेको देखियो ।
पिताहरूले छोराछोरीलाई तब मनोवैज्ञानिक रूपमा सकारात्मक असर गराएको पाइयो जब उनीहरू भौतिक रूपमा उपस्थित हुन सक्थे । साथै पिताले आफ्नो काममा दक्ष र सहज मानेको अवस्थामा बालबालिकाको मनोवैज्ञानिक स्वास्थमा सकारात्मक असर परेको देखियो ।
