सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

आफ्नो निवासमा भन्दा पनि कार्यालयमा कम तनाव महसुस गर्छन् महिला

1200*120

काठमाडौ , धेरै मान्छेहरूले आफ्नो कार्यालयलाई तनाव हुने ठाउँको रूपमा लिन्छन् । उनीहरू कार्यालयमा रहँदा कतिखेर कार्यालय समय सकिन्छ र घर फर्किने बेला हुन्छ भनेर समय गन्दै बसिरहेका पनि हुन्छ । तर, यो भनाइको विपरीत अमेरिकाको पेन स्टेट विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार कैयौं मान्छे, खासगरी महिला आफ्नो निवासमा भन्दा पनि कार्यालयमा कम तनाव महसुस गर्छन् । तपाईं सोचिरहनुभएको होला के यो सत्य हो त ? तर एउटा सत्य यो पनि हो ।

अनुसन्धानकर्ताहरूले अध्ययनमा समावेश एक सय २२ जनामाथि एक साताभर तनावयुक्त हर्मनको तह जाँच गरे । साथै उनीहरूलाई दिनको अलग–अलग समयमा आफ्नो मुडको अवस्था बुझ्न पनि सुझाए । यो अनुसन्धानको नतिजाअनुसार घरको तुलनामा महिलाहरू कार्यालयमा कम तनावमा देखिए ।यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्दा उनीहरूले महिलाहरू घरको तुलनामा कार्यालयमा धेरै खुसी हुने कुरा पत्ता लगाए । जबकि पुरुषहरू कार्यालयमा भन्दा घरमा धेरै खुसी हुन्छन् । फरकफरक सामाजिक तथा आर्थिक हैसियत भएका मानिसमा पनि यो नतिजा एकै किसिमको देखियो ।

अनुसन्धानकर्ताहरूका अनुसार कामप्रतिको सन्तुष्टि यसको मुख्य कारण हो । यसबाट के देखियो भने महिलाहरू जब आफूले गरिरहेको काममा सन्तुष्टि पाउँदैनन्, उनीहरू तुरुन्त त्यो काम छोड्छन् र नयाँ काम गर्न सुरु गर्छन् जहाँ उनीहरूलाई खुसी प्राप्त हुन्छ । यही विषयमा पुरुषहरू भने काममा सन्तुष्ट नभए पनि पुरुषहरू त्यही काम गरिरहेका हुन्छन् ।

यो अध्ययनका बारेमा एक विद्वान्ले बताएअनुसार महिलाहरू कार्यालयमा आफ्नो काममा मात्र ध्यान दिन्छन् र उनीहरू त्यहाँ कम तनाव महसुस गर्छन् । एजेन्सीको सहयोगमा

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120