सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

इन्डोनेसियाको सुनामीले एक इन्डोनेसियन रक ब्यान्डका सदस्य र दर्शकलाई बगायो

1200*120

एजेन्सी –  शनिबार इन्डोनेसियाको सुन्डा स्ट्रेटमा गएको सुनामीले समुन्द्री किनारमा प्रर्दशन गरिरहेको एक इन्डोनेसियन रक ब्याण्डलाई बगाएको छ ।सुनामीको क्षतिको विवरण बताउन गरिएको एक भिडियो सन्देशमा सेभेन्टीन ब्याण्डका प्रमुख गायकले रुदैं आफ्ना ब्याण्डको म्यानेजर र बेस प्लेयरको मृत्यु भएको बताएका छन् ।

“हाम्रो बेस प्लेयर वानी र म्यानेजर ओकी विजयाको मृत्यु भएको छ,” रेइफियन फजार्सर्यले रुर्दैं भनेका छन् ।फजार्सयका अनुसार उनकी श्रीमतीसहित ब्याण्डका अन्य तीन सदस्य भने हराइरहेका छन् ।“कृपया एण्डी, हरमन र उजङ र मेरी श्रीमतीलाई भेटियोस् भनेर प्रर्थना गरिदिनुस् ।”

इन्स्टाग्राममा फजार्सयले उनी र उनकी हराइरहेकी श्रीमतीले पेरिसमा किस गरिरहेको एक फोटो हालेका छन् । फोटामा उनले “आज तिम्रो जन्मदिन हो, तिमी घर फर्क भनेर म प्रर्थना गर्छु ।” भनेर क्याप्सन राखेका छन् ।व्याण्डका अरु सदस्य र उनी आफैलाई भने सामान्य चोट लागेको र सबै सकुशल भएको फजार्सहले बताएका छन् ।साभार बिबिसी

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120