सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कांग्रेसमा अब विरासतको राजनीति चल्नेछैन :कांग्रेस नेता डा.नारायण खड्का

1200*120

काठमाडौं , नेपाली कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा फर्काउन महामन्त्री सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाहरुको कसरत चलिरहेका बेला कांग्रेस नेता डा.नारायण खड्काले कांग्रेसमा अब विरासतको राजनीति नचल्ने ठोकुवा गरेका छन् । उनले कोइराला परिवारका कुनै पनि सदस्यमा कांग्रेसको नेतृत्व गर्ने क्षमता समेत नदेखिएको टिप्पणी गरेका छन् ।

भारतमा नेहरु गान्धी परिवारले क्षमता र फराकिलो स्वीकार्यताका कारण कांग्रेस पार्टीको नेतृत्व गरे जस्तो नेपाली कांग्रेसमा कोइराला परिवारले त्यो स्तरको स्वीकार्यता स्थापित गर्न नसकेको दावी खड्कको छ । कोइराला परिवार र महात्वाकांक्षी नेताहरुको जमघटका कारण रामचन्द्र पौडेले शेरवहादुर देउवा विरोधी गुटको सर्वसम्मत नेता बन्न नसकेको समेत उनको दावी छ ।

तीन वर्षअघि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट केन्द्रीय कार्य समिति सदस्यमा निर्वाचित भएका डा.नारायण खड्का अहिले पौडेल पक्षका भेला बैठकहरुमा देखिन छाडेका छन् ।अनलाइन खबर बाट

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120