सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कुञ्ज थिएटरमा : लोक नाटक “लिलामे माइलो”

1200*120

काठमाडौं– नेपाली मौलीक कथावस्तुमा बनेको लोक नाटक लिलामे माइलोका नयाँ बानेश्वरस्थित कुञ्ज थिएटरमा मञ्चन भैरहेको छ । मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गतेसम्म मञ्चन हुनेछ ।

नाटकले राम्रो दर्शक पाइरहेको छ ।  रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलोे पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको कारणले पनी दर्शकको राम्रो साथ पाईरहेको कार्यकारी निर्माता राजाराम गौतमले बताए ।

नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको छ । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडी, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशन हुनेछ ।

नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाईएको छ । नाटक मञ्चन भैरहेको अवस्थामा नाटकको पात्र परिवेश अनुसारको वास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको रोमाञ्चिन बनाईरहेको हुन्छ, जसले दर्शकलाई यथार्थता महशुस गराउन ठुलो मद्धत पुगेको छ । यो किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको हो ।

1200*120

नाटकमा राज थापा काउचा, कलाकारहरु सलमान खान गुरु, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर(झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहाङ राई (वनकाँडे) लगायतका कलाकारले अभिनय गरिरहेका छन् । साभार : रातोपाटी

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120