सौल-दक्षिण कोरिया
२०१९ को जनवरी १ गतेदेखि लागु हुने गरेर कोरियाको स्वास्थ्य कल्याण मन्त्रालयले धुम्रपान सम्बन्धि नयाँ प्राबधान ल्याएको छ । जसमा किण्डरगार्डेनको(अरिनिछिप / युछिवन ) को दश मिटर वरपरको क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।
सरकारको धुम्रपान सम्बन्धि नयाँ प्राबधान लागु भएसंगै अरिनिछिप वा युछिवानको ( किण्डरगार्डेनको) वरपर रहेका क्याफेहरू पनि हटाउन भनेको छ । यदि यो क्षेत्र भित्र धुम्रपान गरेको पाइएमा एक लाख कोरियन वोन जरीवाना लाग्ने छ । यो बर्षदेखि अरिनिछिप ३९००० युछिवन ९००० गरि जम्मा ४८००० क्षेत्रलाइ धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।
[bs-quote quote=”यो बर्षदेखि अरिनिछिप ३९००० युछिवन ९००० गरि जम्मा ४८००० क्षेत्रलाइ धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ । यदि यो क्षेत्र भित्र धुम्रपान गरेको पाइएमा एक लाख कोरियन वोन जरीवाना लाग्ने छ ।” style=”default” align=”left” author_avatar=”https://www.setoshikhar.com/wp-content/uploads/2018/12/NISI20181211_0000242428_web_20181211060305_20181230120029716.jpg”][/bs-quote]
स्वास्थ्य कल्याण मन्त्रालयले संशोधित राष्ट्रिय स्वास्थ्य प्रवर्धन अधिनियमको अनुसार, मार्च ३० पछि थप धूम्रपान निषेधित क्षेत्र बिस्तार गर्ने जनाएको छ भने यो प्राबधान यहि जनवरी १ देखि नै कडाइका साथ् देशभरिका नर्सरी ,किण्डरगार्डेनहरुको १० मिटरको क्षेत्रको वरपरको कुनै पनि भुभागमा धुम्रपान गर्न निषेध गरेको छ ।