सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

खुला शौचालय निगरानी ड्रोनबाट

1200*120

मोरङ —  कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो । वडा नम्बर २, ३ र ४ का कारण गाउँपालिका खुला दिसामुक्त बन्नबाट वञ्चित भयो ।गाउँपालिकाले उपाय रच्न थाल्यो। पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मानसाथ सम्झाउने।छलफल गर्दै जाँदा ड्रोन क्यामेराको प्रयोगसमेत गरेर पहिचान गर्ने निधो भयो। जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भयो।समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी गरे। क्यामेरा उडेको देखेर बिहानै खोलाकिनार शौच गर्न पुगेकाबीच भागाभाग भएको कटहरी–४ का वडाध्यक्ष मन्टुन शेखले बताए।

 

‘प्रहरीले कटहरीलाई खुला दिसामुक्त अभियानमा सघाउ पुर्‍याउनका लागि शुक्रबार बिहान ५ देखि ७ बजेसम्ममा जुडीखोला क्षेत्रमा ड्रोन क्यामेराले निगरानी गरेको थियो,’ उनले भने। निगरानी सकिएपछि जिल्ला समन्वय समिति प्रमुख नरेश पोखरेल, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठलगायतका व्यक्तिहरूले खुला दिसामुक्तको ब्यानरसहित कटहरीको वडा ४ मा जनचेतनामूलक र्‍याली प्रदर्शनसमेत गरे।ती वडाहरूका खुला ठाउँमा शौच गर्न बिहानै घरबाट पानी बोकेर हिँड्नेहरूलाई गाउँपालिकाले समातेर चियानास्ता खुवाएको छ। शौच गर्नैहरूलाई पनि समातेर फूलमाला, अबिर लगाइदिएर सम्मानसमेत गरेको छ।

कटहरी गाउँपालिकामा खुला दिसामुक्त अभियानका सहयोगी संस्था मातृभूमि महिला समाज मोरङका शान्ता दाहालले दुई महिनादेखि प्रत्येक दिन बिहानै कटहरीस्थित गाउँ वरिपरि निगरानी गर्दै आएको बताइन्।‘घरघरमा खुला दिसाबाट हुने असरबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं,’ उनले भनिन्, ‘परम्परागत जीवनशैलीले यहाँका मानिसले खुला ठाउँमा शौच गर्न नछाडेपछि शौचालय प्रयोग गर्न लगाएर सम्मान गर्ने अभियान सुरु गरेका छौं।’९ हजार घरधुरी रहेको कटहरीमा अब शौचालय नबनेका करिब ३ सय घरमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए। उनले शौचालय बनाउने हैसियत नभएका विपन्न दलितलाई गाउँपालिकाले रिङ, पाइप, प्यान सिट र एक जना मिस्त्रीको ज्याला दिने गरेको बताए।

उनले शौचालय निर्माणमा भएकाले ढिलाइले मंसिर २९ गते गाउँपालिकालाई खुला दिसामुक्त गर्ने निर्णय असफल भएको बताए। गाउँपालिकाका प्रमुख रामकुमार कामतले पुस पहिलो साताभित्र सम्पूर्ण घरमा शौचालय निर्माण सकेर खुला दिसामुक्त गाउँपालिका घोषणा गर्ने तयारी रहेको जानकारीसमेत दिए।साभार :कान्तिपुर दैनिक

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120