
जापानको एक रेस्टुरेन्टमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन्। जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटमा परी रेष्टुरेन्ट पूर्णरूपमा ध्वस्त भएको छ। विस्फोटलगत्तै कतिपय झ्यालका सिसा फोडेर भगेका थिए। उनीहरू भाग्ने क्रममा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विस्फोटको कारणबारे जापानी अधिकारीहरुले अनुसन्धान थालेका छन्। विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।
