सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ,प्रधानमन्त्रीद्वारा धरहरा पुनर्निर्माणकाे शिलान्यास

1200*120

काठमाडौं, साढे तीन वर्ष पहिलेको गोरखा भूकम्पमा ध्वस्त भएको सुन्धारास्थित धरहराको पुनर्निमार्णको आज प्रधानमन्त्री केपी शर्मा शिलान्यास गरेका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणस्थल सुन्धारामा आज प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्।

यसपटकको धरहरा अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइने हुँदा पर्यटकलाई सहज हुनेसमेत उनले दाबी गरे । धरहरा चढ्दाको अनुभव सुनाउँदै उनले भने, ‘मलाई पनि धरहरा चढ्न गाह्रो भएको थियो । तर अब युवा मात्र होइन, बूढापाका पनि सजिलै चढ्न सक्छन् ।

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो।शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत उपस्थित थिए।

भूकम्पले भत्किएको धरहरालाई अहिलेकै अवस्थामा राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण गर्ने तयारी छ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120