सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

निर्मला हत्या प्रकरण :समितिले प्रतिवेदन बुझायो

1200*120

काठमाडौँ : कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणपछि प्रहरी अनुसन्धानमा भएको लापरबाही छानबिन गर्न गठित समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धीरु बस्न्यात संयोजकत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक खनाललाई छानबिन प्रतिवेदन बुझाएको हो । स्रोतका अनुसार बलात्कारपछि हत्या भएको निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाहीको सिफारिससहित बस्न्यातले छानबिन प्रतिवेदन बुझाएका हुन् ।

एआइजी बस्न्यात संयोजकत्वको समितिले प्रहरी प्रधान कार्यालयबाट पाएको कार्यदेश बमोजिम अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीहरुमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको हो । निर्मलाको हत्यापछि पक्राउ परेका दीलिपसिंह विष्टलाई पक्राउ गरी २४ दिनसम्म हिरासतमा राखेर उनैलाई मुख्य अभियुक्त बनाएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको थियो ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख दिल्लीराज विष्ट नेतृत्वको कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएका डिएसपी अंगुर जिसीसहितको टोलीले दीलिपसिंहलाई मुख्य दोषीका रुपमा सार्वजनिक गरेका थिए । तर निर्मला प्रकरणमा मुख्य अभियुक्त बनाइएका दीलिपसिंहको डिएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा बदमाशी भएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले छानबिनको जिम्मा एआईजी बस्न्यतालाई दिएको थियो ।

बस्न्यात संयोजकत्वको छानबिन समितिले घटनाका मुख्य अभियुक्तलाई जोगाउने नियतका साथ घटनामा संलग्न नै नभएकालाई फसाउन खोजेकाले प्रहरी अधिकारीहरुलाई विभागीय कारबाहीको सिफारिस गरिएको स्रोतले जनाएको छ । गत साउन १० गते घरबाट होमवर्कका लागि निस्किएकी १३ वर्षीया निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उनकै गाउँको उखुबारीमा भेटिएको थियो ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120