सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली अनौठो र प्रेरणादायी

1200*120

एजेन्सी – नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर गुनासो गरेको पाइन्छ ।  उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित नै देखिन्छ ।विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी पनि छ । क्रिसमसको अवसरमा उनले अस्पतालका बालबालिकाप्रति जस्तो मानवीय व्यवहार प्रकट गरे त्यसको प्रसंसा नै भएको छ । बुधबार वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँडे ।

‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर उनले अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगेका उनले बालबालिकालाई ‘सर्पाइज’ नै दिएका थिए । खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्टले समाचार नै बनाएको छ ।

ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गरेका थिए । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद दिएका थिए ।साभार :अन्नपुर्ण पोस्ट

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120