सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

“बाग्लुङ्ग न्यू ईयर सांगीतिक साँझ”को सम्पूर्ण तयारी पुरा

सौल-दक्षिण कोरिया

“प्रवासी भुमिमा बागलुङे हरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ सम्पन्न हुन लागेको न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुङ्ग  सम्पर्क समिति दक्षिण कोरियाले आउदो डिसेम्बर २९ तारिक शनिबारको दिन पारेर भब्य र सब्य रूपमा गर्न लागेको छ।

बाग्लुङ्ग न्यू ईयर सॉगितिक साँझमा नेपालबाट चर्चित लोक गायिका रितु थापामगर र जापान बाट चर्चित लोक गायक सुर्य खड्का कलाकारहरूको सम्पूर्ण प्रकृया र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको कलाकारहरूको आफ्नो प्रस्तुती सहित DJ डान्स धमकाको सम्पूर्ण तयारी पुरा भएको सचिब टेक पुनले जानकारी दिएका छन।

बिशेष बिभिन्न पेशामा दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण बागलुङ् बासीहरूलाई एक रूपता भई हरेक सुख दुखमा एक हुन र कामै कामले थकित भएका सम्पूर्ण नेपाली मनहरूलाई एकै छिन भए पनि दुख बिर्साउनको लागि यो साँझ गर्न खोजिएको अध्यक्ष सुबास लामिछानेले जानकारी दिनु भएको छ।

उक्त साझमा सम्पुर्ण कोरिया बसोबास गर्नेलाई बागलुङ वासीहरू साथै कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा आ-आफ्नो तवरले साथ सहयोग गरिदिनका लागि यस संस्थाका संरक्षक बिपिन गुरूगंले आग्रह गरेका छन। सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि हरु सबैलाई उक्त दिन उपस्थितिको लागि बागलुङ सम्पर्क समितिले हार्दिक निमन्त्रणा गरेको छ।

मिती : २९ डिसेम्बेर २०१८ (शनिबार)

समय : बेलुका ८ :०० बजे देखी बिहान ५ बजे सम्म

स्थान :seoul Metro line no. 5 답십리역 1 번출구 (तुङ्देमुन बाट गाडीको ब्यबस्था)

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय