
एजेन्सी- विश्वविद्यालयमा शिक्षा आर्जनका लागि आवश्यक सबै पूर्वाधार हुन्छ । यस कारण विज्ञान, चिकित्सा, प्रविधि, खगोल, मानविकी, भाषा, साहित्य, दर्शनजस्ता विधाको अध्ययन अध्यापनमा सहज हुने गर्छ ।
विश्वका सबैजसो देशमा विश्वविद्यालय छन् । संयुक्त राष्ट्रसंघले गर्ने विभिन्न सर्भेक्षण तथा मापनमा पनि उत्कृष्ट विश्वविद्यालय भएका राष्ट्र अग्रस्थानमा हुने हुन्छन् । आफ्नो छनोट, आवश्यकता र बजार मागअनुसारका विषय अध्ययनका लागि मानिस विश्वको एक कुनाबाट अर्को ठाउँमा जान्छन् । उत्कृष्ट तहको उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई विश्वभरका विश्वविद्यालयबारे चासो हुन्छ । १९औं शताब्दीदेखि नै मानिस उच्च अध्ययनका लागि अर्को देश जाने चलन बढेको थियो । भूगोल, भाषा, परिवेश, संस्कृति लगायत फरक भए पनि गुणस्तरीय शिक्षामा यसले बाधा नपुग्ने भएकाले अधिकांश विद्यार्थी विदेश गएर पढ्न चाहन्छन् ।
