सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

युरोपेली युनियनको कूटनीतिक सञ्चार ह्याकरको निशानामा:द न्युयोर्क टाइम्स

1200*120

एजेन्सी, ४ पुस । युरोपेली युनियनको कूटनीतिक सञ्चारलाई धेरै वर्षपछि ह्याकरहरुले सफतापूर्वक निशाना बनाएको द न्युयोर्क टाइम्समा खबर छ ।

कूटनीतिज्ञहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि विश्व व्यापारबारेको विषयमा दिएको हजारौं सूचनाहरु फेला परेका छन् । उक्त कूटनीतिक सञ्चारको ह्याकबारे साइबर सुरक्षा कम्पनी एरिया वानले पत्तो लगाएको हो ।

न्युयोर्क टाइम्ससँग बोल्दै एकजना विज्ञले ती ह्याकरले प्रयोग गरेको विधि यस अघि चिनियाँ सैनिकले प्रयोग गरेकोसँग समानता देखिएको बताएका छन् ।

‘चिनियाँ साइबर अपरेशनहरुलाई काउन्टर गरेको एक दशक लामो अनुभवपछि यो अभियानपछि चिनियाँ सरकारसँग सम्बन्धित छ भन्ने कुनै शंका छैन ।’ ती विज्ञले भने ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120