सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

विद्यार्थीहरु द्वारा निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्र

काठमाडौं , त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमवार विद्यार्थीहरुले निर्मलाको हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरेको हस्ताक्षर ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा बुझाएका हुन् ।निर्मलाको बलात्कारपछि हत्या भएको ५ महिना बित्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन।

त्रिविका विद्यार्थीहरुले निर्मलाको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए।निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय