सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

ब्रिटेन वैज्ञानिकले पत्ता लगाए क्‍यान्सर जाँच्‍ने नयाँ तरिका

एजेन्सी-ब्रिटेनमा क्याम्ब्रिजका वैज्ञानिकले क्यान्सरको एक भर्चुअल रियालिटी (भीआर) थ्रीडी मोडल बनाएका छन् जसले यो रोगको परीक्षण र उपचारलाई थप उत्कृष्ट बनाउनेछ ।

उनीहरुले बनाएको उक्त भीरबाट क्‍यान्सरको विरामीलाई कसरी जाँच्‍ने भन्‍नेबारेमा केही नयाँ तरिकाहरु अपनाइएको छ।खासमा यो तरिकाबाट ट्‍युमको नमुना तथा त्‍यसभित्रको गहिराईलाई जाँच्न मद्दत गर्नेछ। यसले क्‍यान्सरको विरामीको रक्तकोषिकाको सबै तरिकाले जाँच गर्न र उसको नमुनालाई म्‍यापिङ गर्न सजिलो बनाइदिनेछ।

यसबारेमा अनुसन्धान गरिरहेका शोधकर्ताहरुले भनेका छन्, ‘यसको मद्दतले क्‍यान्सरको जटिलतालाई दूर गर्नेछ। साथै सरल तरिकाबाट क्‍यान्सरलाई बुझ्‍न सकिनेछ। जब यसको समस्‍याबारे बुझ्‍न सकिन्छ। उपचारमा समेत सहजता ल्‍याउनेछ।’

यसलाई कसरी तयारी गरियो ?


शोधकर्तालेहरुले यसलाई विकसित गर्न ब्रेस्ट क्‍यान्सरको एक मिलीमिटको आकारमा टुक्रा लिइयो। त्‍यसमा करीब एक लाख कोषिका राखियो। त्यसलाई पातलो स्लाइसमा काटियो। त्‍यसपछि यसलाई स्क्यान गरियो र त्‍यसमाथि निगरानी गरियो की उसको डीएनएको जाँच गर्दा समेत पत्ता लगाउन सकियोस्।

यसमा भर्चुअल रियालिटीको प्रयोगले ट्‍युमरलाई फेरि बनाइयो। थ्रीडी ट्‍युमरको विष्लेषण भर्चुअल रियालिटी प्रयोगशालामा समेत गरियो। भीआर सिष्टमको माध्‍यमबाट जाँच गर्दा त्‍यसमा वैज्ञानिकहरुले सफलता पाए।

यसबारे क्‍यान्सर रिसर्च युके क्‍याम्ब्रिज इन्स्टिच्‍यूट (सीआरयुके)का निर्देशक प्रोफेसर ग्रेन हेनन्ले भने, ‘ कसैले पनि यसअघि यस्तो विस्तृतमा ट्‍युमरको विश्लेषण गरेर परीक्षण गरेका थिएनन्। कुनै पनि क्‍यान्सरलाई यसरी सुक्ष्म तरिकाले जाँच गर्ने यो नयाँ र आधुनिक तरिका हो।’

यसलाई भर्चुअल ट्‍यूमर प्रोजेक्ट सीआरयुकेको ग्रान्ड च्‍यालेन्ज अवार्डको महत्वपूर्ण कदम भनेका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय