सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कृषकलाई सुत्केरी पशुको भत्ता

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकहरुलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुलाई भत्ता दिन सुरु गरेको छ ।नगरक्षेत्रभित्रका कृषकले पालेको गाई भैंसी ब्याउदा सुत्केरी खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । सुत्केरी पशुलाई भत्ता दिन कृषकहरुबाट निवेदन सङकलन गर्न सुरु गरिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषकलाई सुत्केरी पशुको भत्ता दिन मङसिर १ गतेदेखि नै निवेदन सङकलन सुरु गरिएको छ । अहिलेसम्म २८ जना कृषकले भत्ताको दाबी गर्दै निवेदन दर्ता गराएका छन् । सङकलन भएको निवेदनका आधारमा प्रत्येक दुई महिनामा बैंकबाट रकम झिकी कृषकलाई बोलाएर उक्त भत्ता उपलब्ध गराइन्छ ।’

यो अभियान असार मसान्तसम्म लागू गरिने चिकित्सक लामिछानेको भनाई छ । उहाँका अनुसार कृषकले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपिसहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने हुन्छ । साभार :उज्यालो

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय