सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सुनामीबाट इन्डोनेसियामा मुत्यु हुनेको सङ्ख्या १६८ पुग्यो

1200*120

जकार्ता–इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामीका कारण मारिनेको सङ्ख्या कम्तीमा १६८ पुगेको छ भने सयौँ घाइते भएका छन्।दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवनहरु ध्वस्त भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन् l

 

हराएको व्यक्तिको खोजी कार्यका कठिनाई देखिएको प्रवक्ता सुटोपोले बताएका छन् । इन्डोनेसियामा बारम्बार ज्वालामुखी विस्फोट भएको पाइन्छ । शनिबार राति विस्फोट भएको यस ज्वालामुखीको नाम ‘क्राकाटोआ’ हो । यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो ।  भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।एजेन्सी को सहयोगमा

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120