सेक्ससँग जोडिएका नयाँ तथा रोचक तथ्यहरुप्रति आम मानिसको विशेष रुचि हुने गरेको छ । त्यसो त, संसारभरमा सेक्ससँग जोडिएका धेरै शोधहरु भएका छन् जसले अनौठा र पत्याउनै मुस्किल पर्ने तथ्यहरु बाहिर ल्याउने गरेको छ । केही तथ्यहरु यस प्रकार छन् :
१. अचानकको सम्भोग स्वास्थ्यका लागि लाभदायक
अमेरिकाको न्यू योर्क युनिभर्सिटी र अर्णेल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार क्याजुअल सेक्स अर्थात् अचानक गरिने सम्भोगले मानिसभित्रको निराशा, चिन्ता र डिप्रेसनलाई कम गर्छ र उसको आत्मविश्वास बढाउँछ ।
२. पुरुषले फर्सी खानुपर्छ
शिकागोको स्मेल एण्ड टेस्ट ट्रिटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले एक हास्यास्पद खोज गरेको थियो । उक्त खोजका अनुसार फर्सीको बासनाले पुरुषको गोप्य अंगकमा रगतको बहाव बढाइदिन्छ । त्यसैले सम्भोगको समस्यामा यौन उत्तेजना नआउने सबै पुरुषले यस्तो समस्यासँग जुध्न उनीहरुले आफ्नो दैनिक खानामा फर्सी समावेश गर्नुपर्छ ।
३. तपाईंको पत्नीले धोका दिन सक्छ
पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एक स्टडीका अनुसार जुन पुरुषको लिंगको लम्बाई जति लामो छ, उसलाई उसको पत्नीले धोका दिने सम्भावना त्यतिनै बढी हुन्छ ।
४. घरको कामलाई बिर्सिदिनुहोस्
हालसालै सार्वजनिक भएको एक अध्ययनका अनुसार पत्नीलाई बच्चा हेर्न सघाउने पुरुषको यौन जीवन पनि रमाइलो र सुखद हुन्छ । तर, द अमेरिकन सोसिलजिकल रिभ्यूमा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने जुन जोडी घरको काममा सहकार्य गर्छन्, उनीहरु कम सेक्स गर्छन् । यति मात्र होइन, यदि यो अध्ययनकर्ताहरुलाई मान्ने हो भने, घरमा कपडा धुने, सरसफाई गर्ने, भाडा माझ्ने लगायत काम गर्छन्, उनीहरु आफ्नी पत्नीसँग कम सेक्स गर्दछन् ।एजेन्सीको सहयोगमा