सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अफगानिस्तानमा तालिबानी हतियारधारी समूहको हमलामा ६५ जना मारिए

एजेन्सी- अफगानिस्तानमा तालिबानी हतियारधारी समूहको हमलामा मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ । सोमबारको हमलामा १२ जना मारिएको समाचार आएको थियो ।मंगलबार भने मृत्यु हुनेको संख्या ६५ जना पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार वार्दक प्रान्तस्थित मैदान शहर सोमबार भएको हमलाको जिम्मेवारी तालिबानी समूहले लिएको हो । सोमबार  सुरक्षा फौज क्याम्प तथा प्रहरी तालिम केन्द्रलाई लक्षित गर्दै यहाँ आत्मघाती हमला भएको हो ।पछिल्लो समय अफगानिस्तानमा तालिबानी हतियारधारी समूहसँग वार्ताको लागि पहल भएको बताइए पनि सफल हुन सकेको छैन ।आइतबार मात्र तालिवानी आत्मघाती आक्रमणबाट लोगार प्रान्तका गभर्नरको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय