सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई चिठी पठाए

वासिङटन –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई चिठी पठाएका छन् । कोरियाली नेताको पत्र पाएको केही दिनमै उनले प्रतिउत्तर स्वरुप पत्र पठाएका हुन् ।

एक साताअघि मात्रै ट्रम्पले उत्तर कोरियाका नेता किमबाट ‘महान पत्र’ पाएको कुरा सार्वजनिक गरेका थिए । त्यसबेला उनले आफूहरुबीच राम्रो सम्बन्ध रहेको पनि बताएका थिए ।

ट्रम्पको पछिल्लो पत्रलाई दुई नेताबीचको दोस्रो वार्ताको लागि तयारीको रुपमा ब्याख्या गरिएको छ । पत्रमा वार्ताको लागि आणविक हतियारको निशस्त्रिकरण लगायत बहसका एजेण्डाबारे उल्लेख भएको पनि बताइएको छ ।

गत वर्ष मात्रै वार्ता गरेका ट्रम्प र किम फेरि दोस्रो वार्ताको तयारीमा रहँदै आएका छन् । यसकै तयारीका लागि नेता किम अघिल्लो साता चीन भ्रमणमा आएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय