सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

आणविक निःशस्त्रीकरणमा ठोस काम गर्न उत्तर कोरियासँग राष्ट्रपति मूनको आग्रह

सियोल– दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन् । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए ।

उनले भने, ‘मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ । उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जतिचाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनेछन् ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो । संयुक्तराज्य अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राखिएको ६ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निःशस्त्रीकरणका सबालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्धहरु फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर बेलाबखत दुबै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय