सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

उत्तर कोरियाका राजदूत इटालीमा गायब

एजेन्सी- इटालीमा उत्तर कोरियाका  राजदूत गायब भएका छन् । यो जानकारी दक्षिण कोरियाको गुप्चर एजेन्सीका अधिकारीले दिएका हुन् ।यसका साथै केही अपुष्ट रिपोर्टमार्फत बताइएको छ कि उत्तर कोरियाली राजदूत जो सोंग–गिललाई कुनै पश्चिमी देशले शरण दिएको छ ।जो सोंग–गिल उत्तर कोरियाका एक उच्च ओहदाका छोरा र ज्वाईंसमेत हुन् ।

यसअघि लण्डनमा भएको उत्तर कोरियाका उप–राजदूत भागेको खबर सार्वजनिक भएकमो थियो । सन् २०१६ मा थाए योंग– होले आफ्नो पदबाट राजिनामा दिएका थिए । उनी आफ्नी श्रीमती र बालबच्चासहित दक्षिण कोरिया गएका थिए ।

त्यतिबेला थाए योंग–होको यो कदमलाई किम जोंग उनको शासनविरुद्ध मानिएको थियो । योंग–होले संसारभरी किम जोंग उनविरुद्ध सुचना प्रसारित गर्नसक्ने अनुमान गरिएको थियो ।

गुप्तचर एजेन्सीको तर्फबाट जानकारी पाएपछि दक्षिण कोरियाली सरकारका सांसद किम मिन–कीले जो सोंग–गिल करिब एक महिनाअघि रोमस्थित दूतावासबाट भागेका थिए ।साभार :रातोपाटि

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय