सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

उत्तर कोरिया-अमेरिका वार्ता तयारी को लागि उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगे

1200*120

एजेन्सी-  कोरियाली समाचार एजेन्सीले  अनुसार उनी सोमबार आफ्नी पत्नी री सोल जू र कोरियाली उच्च अधिकारी सहित आफ्नै व्यक्तिगत रेलमा चढेर चीन पुगेका छन् lउत्तर कोरियाली नेता किम जोङ उन चार दिने भ्रमणको लागि चीन पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो भेटवार्ताको तयारी गर्न भन्दै उनी सि जिन पिङको निमन्त्रणामा बेइजिङ आइपुगेका हुन् ।

चीनमा रहँदा उनले यहाँका राष्ट्रपति सि जिन पिङसँगै चीनस्थित कोरियाली कुटनीतिक नियोगका अधिकारीहरुसँग पनि भेट्ने बताइएको छ ।कोरियाली नेता किमले वैकल्पिक बाटो रोज्नसक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धम्की दिएको एक सातामै वार्ताको लागि तयारी गर्न भन्दै चीन आएका हुन् ।गत वर्ष उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्नुअघि र पछि गरी तीन पटक चीन भ्रमण गरेका थिए । पहिलो वार्तामा दक्षिण कोरियाली नेताको भुमिका देखिएको थियो । यस पटकको वार्तामा किमले चिनियाँ राष्ट्रपति सि को सक्रियता चाहेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् ।

1200*120
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

1200*120