सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

एउटै टुना माछाको मुल्य ३१ लाख अमेरिकी डलर

टोकियो-जापानका एक सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा  एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात ३४ करोड ७२ लाख रुपैयाँमा खरिद गरेका छन् ।जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछाको मूल्य प्रतिकेजी झण्डै १२ लाख ४९ हजार रुपैयाँ पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना प्रजातिको माछा किनबेच भएको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।एजेन्सीको सहयोग मा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय