सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कतार एसियन कप फुटबलको फाइनलमा

1200*120

एजेन्सी- आयोजक यूनाईटेड अरब ईमिरेट्स (यूएई) लाई ४-० गोल अन्तरले हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

युएईको आबुधाबीमा रहेका मोहम्मद विन जायद स्टेडियममा मंगलबार राति भएको खेलमा  घरेलु समर्थकलाई स्तब्ध बनाउन २२ औं मिनेटमा कतारका लागि बोलिम खौकीले पहिलो गोल गरे त्यस्तै पहिलो हाफको ३७ औं मिनेटमा अल्मोज अलिले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको यूएई खेलमा फर्कन सकेन। एकपक्षीय खेलको दास्रो हाफको ८१ औं मिनेटमा हसन अल ह्दोसले गोल गरे। त्यस्तै खेलको एक्स्ट्रा टाइमा हमिद इस्मालले गोल गरे।

अब उपाधिको लागि कतारले जापानसँग प्रतिस्पर्धा गर्ने छ।  पहिलो सेमिफाइनलमा इरानलाई हराउँदै  जापान फाइनलमा पुगेको थियो। फाइनल खेल आगामी शुक्रबार हुनेछ। २०२२ को आयोजक कतारले फुटबलमा आफूलाई अब्बल देखाउँदै  एसियन कप जितेर आफूलाई विश्वकपको दाबेदारका रुपमा रहेको समते दाबी गरेको छ।

1200*120
Comments

ट्रेन्डिङ

लोकप्रिय

1200*120