सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

उच्च हिमाली क्षेत्रमामा हिमपातकारण हवाइ र सडक यातायात ठप्प

जुम्ला- उच्च हिमाली क्षेत्रमामा भारी हिमपात भएको छ lहिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।हिमपातले खलंगालगायतका टुक्रेबजारको व्यापार ठप्प भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम देखिएको छ ।
तर, किसानका लागि भने यो हिउँ अमृत समान भएको छ । तातोपानी गाउँपालिका २ का सुर बुढा हिउँ किसानका लागि अमृत हुने बताउँछन् । “यो वर्षको अहिलेसम्म हिउँ पनि परेन, वर्षा पनि भएन, हिउँदेबाली सुकेर नष्ट भइसकेको थियो,” उनले भने, “हिउँले किसानको बाली फक्रने छ ।” उनले दशक अघिसम्म पुस र माघ महिनामा झण्डै दर्जन भन्दा बढी पटक हिउँ पर्दथ्यो तर अहिले हिउँ देख्न झण्डै ६ महिना कुर्नुपर्ने बताए । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ बालकराम देवकोटा हिउँले बोटविरुवा र उत्पादनमा सहयोग हुने बताउँछन् । । “हिउँ पोखरीमा हिउँ सहजै संकलन गर्न सकिन्छ lहिमपातले कर्णालीका हुम्ला डोल्फा, जुम्ला, मुगु जिल्लामा सञ्चालन हुदै आएका हवाई सेवा पनि बन्द छन । मुगुबाट नेपालगञ्ज जाने यात्रु ताल्चा विमानस्थलमा अलपत्र परेका छन् । मुगुमा गएको पुस महिनाको दोस्रो सातामा हिमपात परेको थियो । हिमपातले चिसो बढेसँगै जनजीवन प्रभावित भएपनि क्षतिको जानकारी भने अहिलेसम्म आइपगुेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय