सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कर्मचारीसँग मन्त्रीहरू किन रिसाउँछन् ?

जनकपुर-  प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सो प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणसचिव विद्यानाथ झालाई कुटेको समाचारले यतिखेर नेपाली सञ्चारमाध्यममा चर्चा पाएको छ।मन्त्री झाले सचिव झासँग ‘भनाभन’ मात्र भएको बताएका छन् भने सचिव झाले आफूलाई कार्यकक्षमै हातपात भएको दाबी गरेका छन्। सो घटनाबारे समाचार सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न एउटा छानबिन टोली गठन भएको छ।

प्रदेश नम्बर २ मा मन्त्री र कर्मचारीबीच यस्तो खालको तनाव पहिला पनि भएको बताइन्छ।स्थानीय तहहरूमा पनि यस्तै प्रकृतिका विवाद भएका समाचारहरू बेलाबेलामा सार्वजनिक भइरहन्छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय