सौल दक्षिण कोरिया
यतिबेला दाङ जिल्लाका कृष्ण ओलीलाई तपाई हाम्रो आर्थिक सहयोगको खाँचो परिरहेको छ। दाङको एउटा टोलमा बिधुत प्रवाह गरी टोल नै उज्यालो पार्ने काममा व्यस्त रहेका उनको जिन्दगी क्षणभरमै धरापमा पर्यो। बिधुत जडान गर्दै गर्दा एक जना मिलवालाको सानो गल्ती कारण उनी त्यसको शिकार हुन पगे।
तर, दैव उनैको पक्षमा उभिए। करेन्ट लागेर गम्भिर घाइते हुनुभएका उनलाई उपचारबाट आंसिक स्वास्थ्यलाभ त भयो तर उनको होश आउँदा दुई ओटा हात र एउटा खुट्टा नै थिएन। जिन्दगीको पहिलो बैबाहिक बर्षगाँठ भर्खरै मनाएका यो जोडीलाई परेको दुखद घटनाबारे पछिल्लो समय सामाजिक सञ्जालमा यत्रतत्र छरिए पछि भने यो परिवारमा केहि खुशीका रंगहरु देखिन थालेका छन्। घटना गत जेष्ठ २५ गतेको हो।
परिवारको कमजोर आर्थिक अबश्था, उपचारको क्रममा खर्च भएको ठुलो आर्थिक भार र थप उपचारमा लाग्ने खर्चको ब्यबस्थापनमा कठिनाइ भएको कुरा बिभिन्न माध्यमहरुवाट आइरहेका बेला हाल कोरियामा पनि यो अभियान थालिएको छ। फलश्वरुप, कोरियामा रहेका सामाजिक अभियान्ताहरु र सहयोगी मनहरु यो अभियानमा लागी परेका छन्।
” कोरियावासी नेपालीहरुको साझा अभियान”
हाल कोरियामा “कृष्ण ओली सहयोग अभियान” अन्तर्गत अग्रसर रुपमा दुइ ग्रुप देखिएका छन् । जसमा पहिलो स्थानमा ” कोरियावासी नेपालीहरुको साझा अभियान”” कृष्ण ओली परिवारलाई सहयोग अभियान ” अन्तर्गत ५ जनाको समूह बनाएर स्वतन्त्र रुपमा अभियानमा सहयोगको अपिल गरिरहेका क्रिश गुल्मेली बाबु ,गुरुदत्त न्यौपाने ,मिन बि क , सुन्दर बाबु श्रेष्ठ र डोलिन केसी अन्तर्गतको अभियान देखिएको छ । जस अन्तर्गत हालसम्म २८४ जनाले सहभागिता जनाएको अभियान्ताहरुले बताए । अझै पनि कृष्ण ओलीको परिवारलाई सहयोग गर्ने क्रम जारी रहेको तथा सहयोगी मनहरु उल्लासमय तवरले यस अबियानामा जोडिनु भएको अभियान्ताहरुको भनाइ छ । यस अभियानमा १ लाख देखी १० हजार कोरिएन वोन सहयोग गरिसकेका छन्। अभियानको समय यहि जनवरी २० तारिक सम्म भएकाले इच्छुक सहयोगी मनहरुले समय मै सहयोग गरिदिनुहुन अनुरोध पनि गरेका छन्।
सहयोग रकम पठाउनको लागि :
खातावालाकाे नाम : NEUPANE GURU DATTA
बैङ्ककाे नाम : (우리 은행) WOORI BANK
खाता नम्बर : 1002-458-803242
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास कमिटि प्रवासी नेपाली एकता मञ्च (ONUF) को अभियान
कोरियामा दोस्रो नम्बरमा रहेको सहयोग अभियान हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास कमिटि प्रवासी नेपाली एकता मञ्च (ONUF) जुटिरहेको छ। यो समाचार तयार पार्दा सम्म यस अभियानमा सहयोग गर्नेको संख्या (ONUF) मा १८६ जनाले ५० हजार देखि १० हजार कोरिएन वोन सहयोग गरेको देखिएको छ त्यस्तै, कोरियामा रहेका सहयोगी मनहरुवाट पनि व्यक्त्तिगत रुपमा ओलीलाई सहयोग गर्नेको संख्या लामो नै रहेको पनि देखिएको छ।
अभियान बारे यो बिषयमा थप प्रष्ट पार्दै प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित संयोजक परशुराम सापकोटा यस अभियानमा जोडिन सम्पूर्ण कोरियाबासीहरुमा अनुरोध गरेका छन् भने अभियानको समय छोटो भएकाले इच्छुक सहयोगी मनहरुले समय मै सहयोग गरिदिनुहुन अनुरोध पनि गरेका छन्।
प्रवासी नेपाली एकता मञ्च (ONUF) अन्तर्गत सहयोग गर्न चाहनुहरुले निम्न खातामा रकम पठाउन सक्नु हुनेछ।
खातावाला को नाम: NEPALI सिर्जना
बैंकको नाम: KEB HANA BANK
खाता नं: 620219978448