सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियाको अस्पतालबाट जीवन बचाइदिन नेपाली समुदायसमक्ष अपिल

सौल दक्षिण कोरिया

दक्षिण कोरिया दक्षिण कोरियामा  निमोनियाले ग्रसित भई उपचारार्थ एक युवकले अस्पतालको सैयाबाट आर्थिक सहयोगको अपिल गरेका छन् । आफँुसंग भएको पैसा उपचारमा सकिएपछि कोरियावासी नेपालीहरुसमक्ष सहयोगको अपिल गरेका हुन् । पर्वत फलेबास नगरपालिका खानिगाउँ ५ का २६ वर्षिय युवक अम्रित कुवँर राजधानी सउलको आन्याङस्थित हान्रिम शिक्षण मुटु अस्पताल (한림대학교성심병원) मा गत ७ गतेबाट उपचारार्थ भर्ना भएका छन् ।

इपिएस भिषामा काम गर्न कोरियाको आन्सान थान्वनगुमा आएका उनी गत ७ अचानक बिमारी भएपछि अस्पताल भर्ना गरिएको र लगत्तै आइसियुमा राखिएको थियो । कुबँर हाल जिवन र मृत्युको दोषाधमा रहेकाले उनको जीवन बचाइदिन सम्पूर्ण नेपाली समुदायसंग आग्रह गरिएको छ । आइसियु (भेन्टिलेटर) मा राखेर अचेत अबस्थामा  उपचार गराइरहेका कुँवरको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरिएको हो ।

उनी कार्यरत कम्पनीले उपचारमा लागेको सबैपैसा ब्यर्होन नसक्ने बताएको कारण बिमारीका साथीहरु र आफन्तहरु चिन्तित भएका छन् । ५ दिनमा १ करोड २० लाख कोरियन वन लागेको र अझै २ सातासम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले ३ देखि ४ करोड वन वा सो भन्दा बढी पनि लाग्न सक्ने अस्पाताले जनाएको उनका कम्पनी सहकर्मी नबराज कार्कीले बताए । अस्पतालका  अनुसार कुवँरको उपचारका लागि धेरै पैसा लाग्ने भएको हुँदा र त्यती धेरै रुपैयाँ आँफु र परिवारसमक्ष नभएका कारण कोरियामा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

पर्वत समाज दक्षिण कोरियाले पनि बिमारी कुवँरलाई सहयोग गर्न आग्रह गरेको छ । समाजका प्रतिनिधि नारायण भुषालले उपचारार्थ कुवँरलाई सकेको सहयोग गरी जीवन बचाइदिन कोरियामा रहेका नेपालीहरुसमक्ष अनुरोध गरेका छन् ।

सहयोगको लागि–

खातावालाको नाम :TIWARI NIKUNJA PRASAD
बैंकको नाम :IBK BANK (आइबिके बैंक)
खाता न 22141949002017

सम्पर्कको लागि–

नबराज कार्की (कम्पनीको सहकर्मी) – 01054331732

भुवन काफ्ले (कम्पनीको सहकर्मी) – 010-3597-9302

योगेन्द्र कुबँर – 01046896795

नारायण भुषाल – 01090622484

मिन बि क – 01048658501

दिपक सापकोटा – 01058167073

लक्ष्मी गुरुङ (अध्यक्ष एनआएनए)-01020786649

इपिएस छिन्गु (अरुण श्रेष्ठ) -01064427387

निकुञ्ज तिवारी – 01021308258

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय