सौल दक्षिण कोरिया ,
मिन बि क ,
करेन्ट लागेर मृत्यु जितेर फर्किएका कृष्ण ओलीको परिवारमा थपिएको पिडा र उनको शारीरिक अबस्थालाई टुलुटुलु हेरेर कोहि पनि बस्न सकिएन । जब उनको त्यो अबस्थाको भिडीयो इन्टरनेट मार्फत सार्बजनिक भयो तब देश विदेशबाट उनको त्यो अबस्था देखेर पीडाको आँसु सायदै नबगाउने भएनन् होला, भने कोरियामा बस्ने नेपालीहरुको पनि आँखा ओभानो भएनन्।
केहि दिन अगाडिदेखि कोरियाबासी नेपालीले पनि उनको त्यो पीडालाई आफनै पिडा सम्झिएर उनको त्यो पीडालाई केहि भएपनि मल्हम लगाउने प्रयास स्वरुप अभियान नै चलाएर सहयोग रकम संकलन गरेका थिए ।कोरियामा सहयोग संकलन अभियान धेरैले चलाएको भएतापनि बृस्तित रुपमा संचालनमा आएको आभियान भने एउटा नै रहेको छ । त्यो हो “कोरियाबासी नेपालि हरुको साझा अभियान-कृष्ण ओलीको सहयोग अभियान । गुरुदत्त न्यौपाने , डोलिन के सी, सुन्दरबाबू श्रेष्ठ ,क्रिश गुल्मेली बाबु र मिन बि क द्वारा यो अभियान संचालन गरिएको भएतापनि कोरियामा रहने सम्पूर्ण सामाजिक अभियान्ता पत्रकार लगाएत सम्पूर्णले अभियान सफल बनाउनका निमित्त दिलोज्यान दिएर
सहयोग गरेका थिए ।
८ जनवरी देखि २० जनवरी सम्म गरिएको यस अभियानमा जम्मा ,५५४ जना सहयोगी मनहरु प्रत्यक्ष जोडिएर
जम्मा १,३४,३१,२०० /- कोरियन वन अर्थात अक्षरुपि ” एक करोड चौतिस लाख एकतिस हजार दुईसय” कोरियन वन सहयोग
गर्नुभएको छ ।
यस सहयोग अभियानमा कोरियाबासी नेपालीहरुको सहयोगी मनहरु यसरी उर्लेर आयो कि अहिलेसम्म कोरियामा चलेका सहयोग अभियानहरु मध्यको सबैभन्दा धेरै रकम उठेको अभियान भएको छ । यस अभियानमा संकलित रकम कृष्ण ओलीको परिवारलाई प्रत्यक्ष रुपमा यसै हप्ता नै हस्तान्तरण गर्ने पूर्ण तयारि रहेको अभियान्ता साथीहरुको भनाई रहेको छ । यस अभियानलाई सफल बनाउनका निमित्त सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाइ हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।
“कोरियाबासी नेपालीको साझा अभियान” अन्तर्गत कृष्ण ओलीलाई एक करोड चौतिस लाख वन उठ्यो
Comments