
सौल दक्षिण कोरिया
इ पी एस प्रणाली अन्तर्गत कोरियामा काम गरे अबधिभरको अनुभवको प्रमाणपत्र लिएर जान पाउने ब्यबस्था इ पी एस शाखाले गरेको छ । इ पी एस कामदारहरुको लागि यो प्रमाणपत्र आगामी दिनहरुमा पनि उपयोगी हुन सक्ने देखिएको छ ।
कोरियाका रोजगार दाताहरुलाई अहिले नेपाली बजारले पनि आकर्षित गरिरहेको छ ।नेपालमा औधोगिक क्षेत्र बिस्तारको सम्भावना प्रचुर मात्रामा रहेको र केहि कोरियाली कम्पनीहरु नेपालमा स्थानान्तरण भैसकेको अबस्था पनि छ । आउँदा दिनहरुमा यो क्रम बढ्ने पनि देखिएको छ ।
कोरियाली कम्पनिहरु नेपालमा स्थापना भएकाहरुमा हाल पनि कोरियामा काम गरेर फर्केकाहरूलाई नै बिशेष प्राथमिकता दिएर रोजगारी उपलब्ध गराएका छन् । कोरियामा गरेको कामको अनुभवको प्रमाणपत्र लिएर गएको खण्डमा यस्ता कम्पनीहरुमा आवेदन दिन सजिलो पर्ने छ ।
भने अर्को कुरा के रहेको छ भने ,सरकारले हालसालै मात्रै विदेशबाट फ़र्किएकाहरुको लागि स्वदेशमै लगानी गरि स्वावलम्बी बन्न उत्प्रेरित गर्ने उद्देश्यका साथ १० लाख सम्म सरल कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।
वैदेशिक रोजगारीमा गई विदेशमा सिकेको ज्ञान, सिप र दक्षताका आधारमा स्वदेशममै पेसा व्यवसाय गरी उद्यमी बन्न इच्छुकका लागि सरकारले १० लाखसम्म सरल कर्जा दिने भनिएपनि सजिलै संग प्राप्त गर्नको लागि कोरियाको कामको अनुभवको प्रमाण पत्र पेश गरेको खण्डमा थप बिश्वास पैदा गर्न सक्नुहुन्छ ।
कोरियामा काम गरेको अनुभवको प्रमाणपत्र लिने यस्तो छ तरिका
१ EPS को होमपेज ( www.eps.go.kr ) मा लिंक गर्ने
२ मातृभाषाको साइटमा लिंक गर्ने , झण्डामा लिंक गर्ने
३ सदस्यता दर्ता गरेर तल तस्बिरमा जसरी बाँया बाट अनुभवको प्रमाणपत्र जारी गर्ने /अथवा १३५० मा फोन गरेर बुझ्न पनि सक्नुहुनेछ
