सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चीनले माइक्रोसफ्टको सर्च इञ्जिन बिङलाई प्रतिबन्ध लगायो

एजेन्सी-अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो सर्च इञ्जिन बिङमाथि चीनले प्रतिबन्धित भएको पुष्टि गरेको छ ।चिनियाँ सेन्सरले धेरै अमेरिकी प्रविधि प्लेटफर्मलाई प्रतिबन्ध लगाएको छ, जसमा फेसबूक र ट्वीटर पनि छन् । माइक्रोसफ्टले आफ्नो सेवा चीनमा बन्द भएको र यसको कारणबारे जान्ने प्रयास भइरहेको बताएको छ । चीनमा रहेका आफ्ना प्रयोगकर्ताले खोल्न खोज्दा यो साइट स्मार्टफोनमा नचलेको, तर डेस्कटपमा भने चलेको बीबीसीले उल्लेख गरेको छ ।

धेरै अमेरिकी प्रविधि कम्पनी चीनमा आफ्नो व्यापार बढाउने योजनामा छन् । तर, उनीहरूले चीन सरकारबाट विभिन्न कठिनाइको सामना गर्दै आएका छन् । सन् १९९२ देखि बेजिङ्ग मा माइक्रोसफ्टको कार्यालय छ । माइक्रोसफ्टले चीनमा बिङ र सामाजिक सञ्जाल स्काइपजस्ता सेवा दिँदै आएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय