सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चीन: निर्धारित समयमा कम्पनीको लक्ष्य पूरा नभएको भन्दै कम्पनीले आफ्ना कर्मचारीलाई घुँडाले हिँडायो

एजेन्सी ,चीनमा निर्धारित समयमा कम्पनीको लक्ष्य पूरा नभएको भनेर एक कम्पनीले आफ्ना कर्मचारीलाई घुँडाले हिँडाएको छ । कम्पनीको उद्देश्य पूरा गर्न नसकेको भनेर सजाय स्वरुप चार जना कर्मचारीलाई सडकमा घुँडा टेकेर हिँड्न लगाएको हो ।

यसको भिडियो सोशल मिडियामा निकै भाइरल भइरहेको छ । सोशल मिडियामा मानिसहरुले कम्पनीको यस प्रकारको कारबाही अमानविय भएको भन्दै आलोचना गरेका छन् ।केही आलोचकले कर्मचारीहरुले पैसाको लागि आफ्नो आत्मसम्मानसँग सम्झौता गरेको भनेर आलोचना गरेका छन् । प्राप्त जानकारीअनुसार कम्पनीका कर्मचारीले वार्षिक लक्ष्य पूरा हुने गरी काम गर्न नसकेको कारण उनीहरुलाई बीच सडकमा घुँडाको बलले हिँड्न लगाएको हो ।

यो घटना पश्चात कम्पनी अस्थायी रुपमा बन्द भएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय