सौल दक्षिण कोरिया
नेपाली साहित्य समाज (नेसास) को पाँचौ अधिवेसनको अवशरमा आयोजना गर्न लागिएको ‘सायन संवाद एवं बृहत रचना वाचन’ कोरीयामा हुन लागेको हो ।
१३ जनवरी २०१९ मा थेगु स्थित तारा रेस्टुरेन्टमा हुने उक्त कार्यक्रमका लागि कवि तथा लेखक रमेश सायन कोरिया आएका हुन । सायनको नविनतम कृति ‘छुटेका अनुहार’ केहि समय अगाडी विमोचित कृति हो।
यहि कृति माथी बहसका लागि उनी कोरिया आएको आयोजक समिति अध्यक्ष यल्जी विवशले जानकारी दिए। नेसासले नेपाली साहित्यको स्तरोन्नतीको लागि विदेशमा बसेर काम गरिरहेको अध्यक्ष विवशले जानकारी दिए।
संस्थाले गर्ने हरेक कार्यक्रममा कोरियामा बस्ने साहित्य प्रेमीहरूले सधै साथ दिने गरेको उनले संस्मरण गरे र यो कार्यक्रममा पनि साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति रहनेमा उनि विश्वस्त छन । साधारण जिवनका साधारण कुराहरूलाई सुक्ष्म तरिकाले लेख्न रूचाउने सायन केहि वर्ष कोरियामा आप्रवासी कामदारको रूपमा कार्यरत थिए।
कृतिमा कोरियाका केहि संस्मरणात्मक निबन्ध पनि समावेश छन्। भावनात्मक रूपमा पनि सायन कोरियासगँ नजिक छन्। कार्यक्रम सभ्य र भव्य हुने कुरामा आफू विश्वस्त रहेको कवि बोनम प्रतापले बताए।
मिति :२०१९ जनवरी १३
स्थान : तारा रेस्टुरेन्ट द. कोरिया
आयोजक : नेपाली साहित्य समाज द. कोरिया
स्थान : तारा रेस्टुरेन्ट द. कोरिया
आयोजक : नेपाली साहित्य समाज द. कोरिया