सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

जागिर लगाइदिने प्रलोभनमा युवतीहरुलाई भारतको नयाँदिल्लीका बेश्यालयमा पुर्याउने पक्राउ

काठमाडौं – धेरै पैसा कमाउने जागिर लगाइदिने प्रलोभनमा युवतीहरुलाई भारतको नयाँदिल्लीका बेश्यालयमा यौन व्यवसायका लागि बेच्ने धन्धा गरेको आरोपमा सुनसरीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ३० गते सुनसरीको धनकुटे रोडबाट धरान नगरपालिका–१७ का छोङ हाङ भनिने ३१ वर्षीय सन्तोष राईलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राई केही वर्षदेखि युवतीलाई सिक्मिमा ब्युटिपार्लरमा काम लगाइदिने भन्दै यस्तो धन्धा गर्दै आएका थिए । साथै महिनाकै ६० हजार कमाइ हुने जागिर लगाउने भन्दै युवतीलाई बेश्यालयमै पुर्याउने धन्धा उनले गर्दैआएको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ ।प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार राईले एक युवतीलाई बेश्यालय पुर्याएबापत साढे ४ देखि ६ लाख रुपैयाँसम्म लिने गरेका थिए । राईको संलग्नता अन्य गिरोहसँग पनि हुनसक्ने भन्दै उनलाई थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय