सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

‘डा. केसीका माग पूरा नगरिए ३ करोड नेपालीको भावनामा ठेस लाग्छ’:सुशीला कार्की

काठमाडौं- पूर्व प्रधानन्याधीयश सुशीला कार्कीले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग सरकारले पुरा गर्नु पर्ने बताएकी छन्। केही दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न बुधबार  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी कार्कीले केसीका सबै माग जायज भएको भन्दै सरकारले चाँडै माग पूरा गर्नेमा आफू विश्वस्त भएको बताइन्।

भनिन्, ‘यदि माग पूरा नगरिए ३ करोड नेपालीको भावनामा ठेस लाग्छ।’ नन्दप्रसाद अधिकारीको मृत्युले नेपालको साख अन्तराष्ट्रिय स्तरमा गिरेको बताउँदै अब पनि यस्तो हुनु देशकै लागि लाजमर्दो हुने बताइन्। साथै संसदमा पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले उपत्यकाका कलेजलाई मात्रै समेटेको बताउँदै यो विभेद अन्त्य गर्न पनि उनले सरकारलाई आग्रह गरिन्।

प्रधानमन्त्रीको मनमा पनि गोविन्द केसीप्रति सकारात्मक भावना रहेको बताउँदै ढिलोचाँडो केसीका सबै मागलाई सबैले बुझ्ने उनले जिकिर गरिन्। भनिन्, ‘के कारणले हो प्रधानमन्त्रीलेज्यूले ढिला गर्नु भएको, तर मलाई लाग्छ अवश्य डा. केसीका माग पूरा हुनेछन्।’ डा. केसीले जित्दा तीन करोड नेपालीको जित हुने उनको भनाइ थियो।साभार :नागरिक न्युजबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय