सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

दक्षिण कोरियामा यसरी मनाइयो ढाका टोपी दिवस

सौल,दक्षिण कोरिया

“मेरो टोपी कैलाशको शिर जस्तो
मेरो टोपी हिमाली भिर जस्तो ”

 

हाम्रो टोपी हाम्रो सान !हाम्रो संस्कृति हाम्रो पहिचान !भन्ने मुल  नाराका साथ आज जनवरी १ अङ्ग्रेजी नयाँ बर्ष तथा नेपाली ढाका टोपी दिवस दक्षिण कोरियाको राजधानी सौलमा भब्यताका साथ सप्पन्न भएको छ।

कोरियाको विभिन्न ठाँउमा कार्यरत करिब २ सय जना नेपाली युवाहरुको सहभागिता रहेको थियोे । सबैले हात- हातमा नेपाली राष्ट्रिय झन्डा लिएर,  शिरमा ढाका टोपि लगाई,पर्यटन बर्ष २०२० लाई लक्षित गरेका ब्यानरहरु बोकि   कोरियाको राजधानी सौल स्थित सौल स्टेशनदेखी  हिडेर ऐतिहासिक पहाड नामसान पहाडमा पुगि फर्किएको थियो । निकै हर्षउल्लास साथ उपस्थिति भएका नेपालिहरुले प्रवासमा गरिने यस्ता  कार्यक्रमले देशको पर्यटन प्रबर्द्धन र संस्कृति जगेर्ना गर्न टेवा पुग्ने उपस्थित युवाहरूको भनाई थियो ।
 कोरियाका राष्ट्रियस्तरका मिडियाका साथै विभिन्न संघसंगठनका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजन एम आर आरले गरेकोको थियो ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय