मिन बि क
सौल दक्षिण कोरिया
नेपालको लोकप्रिय रियालिटि शो नेपाल आइडल सिजन २ को टिमले यहि फेब्रुअरी ५ का दिनमा कोरियामा धमाका मच्चाउने भएको छ । नुवाकोट समाजले नुवाकोट साङितिक सौगातको लागी नेपाल आइडल सिजन २ को टिमलाई कोरिया भित्र्याउन लागेको हो भने नुवाकोट साङितिक सौगातको लाइ सभ्य,भब्य तवरले सफल बनाउनको लागि आबश्यक सम्पूर्ण तयारी पुरा गरेको छ ।
कोरियामा सक्रिय सस्था प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा नुवाकोट समाज दक्षिण कोरियाले आयोजना गरेको यस कार्यक्रमबाट प्राप्त हुन आउने मुनाफा नुवाकोट जिल्लाको बिकट क्षेत्रमा “शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ” सहयोग गर्ने मुख्य लक्ष्य लिएको आयोजकले जनाएको छ ।
नुवाकोट समाजले आयोजना गर्न लागेको कार्यक्रम मनोरन्जनको अलवा नित्तान्त परोपकारी काम भएकाले भब्य ,सभ्य रुपमा सफल पार्नको निमित्त आर्थिक ,भौतिक, नैतिक रुपमा सहयोग गरिदिन कोरियाबासी नेपालीहरुसंग अपिल गरेको छ ।
स्मरण रहोस नुवाकोट सांगीतिक सौगातको लागि नेपाल आइडल सिजन २ का ४ प्रतिस्पर्धीहरु बिक्रम बराल, सुमित पाठक, रवी ओड र अस्मिता अधिकारीसहित पवन गिरि , चर्चित डान्सर रश्मि तामाङ ,चर्चित हास्यकलाकार तथा लोक गायक पुर्खे बा उद्द्घोसिका उरुसा जोशी कोरिया आउदै छन।
थप जानकारीको लागी :
कार्यक्रमको नाम : नुवाकोट सांगीतिक सौगात
कार्यक्रम हुने स्थान – छुङ्गनो ५ गा बाट ३०० मिटर (백주년기념관(line no . 1중로5가 역)
दोङ्देमुन बाट १० मिनेट हिडेर
आयोजक :नुवाकोट समाज दक्षिण कोरिया