मिन बि क सौल द कोरिया
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर बृहत साहित्य मेला गर्ने भएको छ । सलनालको दोस्रो दीन अर्थात फेब्रुअरी ५ तारिक राजधानी सौलमा गर्न लागिएको उक्त साहित्य मेलामा सर्जकहरुका रचनाहरु सुन्ने र सुनाउने भब्य कार्यक्रम तय गरेको छ । कोरियामा रहेर ब्यस्त समयका बाबजुत नेपालि साहित्यको विभिन्न विधामा कलम चलाईरहनु भएका सम्पूर्ण सर्जकहरुलाई एकै ठाउँमा भेला गर्ने लक्ष्य लिएको प्रतिष्ठानले जनाएको छ ।
रचना वाचन गर्ने मुख्य सर्जकहरुमा जनक सन्याल ,बोनम प्रताप ,शुष्मा रानाहँमा, गोपीकृष्ण लामिछाने ,छाबिसित कुलुङ , नबिन नेपाल ,अर्जुन लामा ,दिपेन्द्र भट्टराई तथा निर्दोष शिब रहेका छन् भने उपस्थित हुने अन्य सर्जकहरुले पनि कार्यक्रमा आफ्नो रचना वाचन गर्न पाउने छन् । कार्यक्रमलाइ सभ्य र भब्य रुपले सफल बनाउनको निमित्त कोरियामा रहेका सम्पूर्ण साहित्यप्रेमी माहानुभावहरु,बुद्दिजीवी ,संघ संस्थामा आबद्व ब्याक्तित्व , पत्रकार लगाएत सम्पूर्ण लाइ उपस्थितिको लागि प्रतिष्ठानले हार्दिक अपिल समेत गरेको छ।
कार्यक्रम बारे थप जानकारी ।
स्थान–नेपाल हाउस सौल,
मिति–फेब्रुअरी ५ ,२०१९,
समय–बिहान १० बजे देखि,
आयोजक-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखा