एजेन्सी – ब्राजिलको दक्षिण पूर्वी क्षेत्रस्थित बाँध भत्किँदा त्यहाँ कार्यरत २ सय कामदार हराइरहेका छन् । ७ जनाको भने मृत्यु भएको पुष्टि भएको छ ।हराइरहेका सबैजसो कामदारहरु पुरिएको विश्वास गरिएको छ । घटनानास्थलमा अहिले हेलिकप्टरले खोजी कार्य जारी राखेको छ ।
मिनास गेराइस राज्यको ब्रुनादिनो सहरमा यस्तो घटना भएको हो । ब्राजिलकै सबैभन्दा ठूलो ‘माइन कम्पनी’ले निर्माण कार्य गरिरहेको ठाउँमा यस्तो घटना भएको हो । कामदारहरु खाजा खाने समयमा अचानक बाँध भत्किएपछि जमिनको ठूलो क्षेत्रफल भासिएको छ ।