पाेखरा – मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले केही बेरमा सपथ ग्रहण गर्ने भएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराउने भएका हुन्।
सर्वोच्चको आदेशमा थुनामुक्त भएतापनि मुद्धा फैसला नभएको हुँदा सपथग्रहण दिने कि नदिने विषयमा प्रदेशसभामा अन्योल रहेकाे थियाे। मनाङेले सपथका लागि गत पुस ११ गते निवेदन दिए पनि पुस २२ गते आइतबार बसेकाे कार्यव्यवस्था परामर्श समितिकाे बैठकले उनलाई तत्काल सपथ ग्रहण नगराउने निर्णय गरेकाे थियाे। समितिकाे बैठकमा बाेल्दै सभामुख नेत्रनाथ अधिकारीले उनलाई तत्काल सपथ गराउन नसकिने बताए थिए। त्यसकाे भाेलिपल्टै मनाङेले सभामुखलाई भेटेका थिए। भेटपछि सभामुखले यसबारे पछिमात्रै निर्णय हुने बताएका थिए।
नागरिक न्युजमा समाचार छ